You are viewing the translated version of क्षतिपूर्ति निर्धारण सम्बन्धी व्यवस्था.
Rule 49
क्षतिपूर्ति निर्धारण सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ६२.को उपदफा (१) बमोजिम हानि नोक्सानी परेको पक्षले सम्बन्धित निकाय समक्ष त्यस्तो हानि नोक्सानीको क्षतिपूर्तिको लागि निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा सोको जाँचबुझ गरी क्षतिको सूल्याङ्कन गर्न ऐनको दफा ६२ को उपदफा (२) को प्रयोजनको लागि सम्बन्धित निकायले स्वतन्त्र मूल्याङ्कनकर्ता नियुक्त गर्नु पर्नछ।
(३) उपनियम (२) बमोजिम स्वतन्त्र मूल्याङ्कनकर्ताको नियुक्ति तथा अन्य शर्तहरु सम्बन्धित निकायले निर्धारण _गरे बमोजिम हुनेछ।
(४) स्वतन्त्र मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरी राय सहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको प्रतिवेदनको आधारमा क्षतिपूर्ति निर्धारण गरी सम्बन्धित निकायले हानि नोक्सानी गर्ने पक्षबाट त्यस्तो क्षतिपूर्ति भराइदिनु पर्नेछ।